Kathmandu Press

उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, साउन २५ : समयमा उपचार नपाएर मृत्यु भएकी वीरगञ्जकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार वीरगञ्जस्थित नारायणी अस्प....

उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, साउन २५ : समयमा उपचार नपाएर मृत्यु भएकी वीरगञ्जकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए।

योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ। यसअघि गएराति पोखरामा ६२ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको थियो।

शुक्रबार युवतीका आफन्तले वीरगञ्जका विभिन्न अस्पताल भर्ना गर्न खोजेका थिए। तर, कसैले पनि भर्ना नलिएपछि शनिबार नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। गण्डक अस्पतालमा उपचार सुरु गरेको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए।

मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो। आज आएको परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो।

वीरगञ्जमा निजी अस्पतालहरुले भर्ना नलिँदा पछिल्लो तीन दिनमा तीन जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्