Kathmandu Press

बाजुरामा पहिरोमा पुरिएर बालकको मृत्यु

बाजुरा, साउन २५ : पहिरोमा पुरिएर बाजुराको गौमूल गाउँपालिका–५ ग्वानीमा एक बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला....

बाजुरामा पहिरोमा पुरिएर बालकको मृत्यु

बाजुरा, साउन २५ : पहिरोमा पुरिएर बाजुराको गौमूल गाउँपालिका–५ ग्वानीमा एक बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार गौमूलका भीके कामीका छोरा  १० वर्षीय अनिशको मृत्यु भएको हो। राति सुतिरहेको वेला खसेको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले बताए।

पहिरोमा चोट लागेर भीक घाइते भएका छन्। गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डीएसपी भट्टराईले बताए।

अहिले स्थानीय वासिन्दा उद्धारमा जुटेका छन। प्रहरी टोली पनि घटनास्थलतर्फ पठाएको डीएसपी भट्टराईले बताए।

केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय  तहका बस्ती जोखिममा परेका छन। पहिरो र बाढीले सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध भएका छन्।

 

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्