Kathmandu Press

युवा अभियन्ता ईले २३औं दिनमा तोडे अनशन

काठमाडौं, साउन २५ : युवा अभियन्ता ईले २३औं दिनमा अनशन तोडेका छन्। सरकार इनफ इज इनफ अभियानबीच सहमतिपछि आइतबार ईले अनशन तोडेका हुन्।

आज बिहान ....

युवा अभियन्ता ईले २३औं दिनमा तोडे अनशन

काठमाडौं, साउन २५ : युवा अभियन्ता ईले २३औं दिनमा अनशन तोडेका छन्। सरकार इनफ इज इनफ अभियानबीच सहमतिपछि आइतबार ईले अनशन तोडेका हुन्।

आज बिहान ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ अभियानबीच १३ बुँदे सहमित भएको छ। सहमतिमा इनफ इज इनफ अभियानका तर्फबाट ई र सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले हस्ताक्षर गरेका छन्। सहमतिसँगै ईले अनशन तोडेका हुन्।

इनफ इज इनफ अभियानले प्रेस विज्ञप्ति जारी गरि युवाको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको जनाएको छ।

यस अघि पनि ई अनशन बसेका थिए। सरकासँग सहमति भएपछि १२औं दिन असार २२ गते अनशन तोडेका थिए। सहमति कार्यान्वयन नभएपछि उनी पुनः अनशन बसेका थिए।

 

प्रकाशित मिति: १०:३७ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्