श्वासप्रश्वासमा समस्या भएकी युवतीको बाटोमै मृत्यु, कोरोना परीक्षण गरिँदै
डडेल्धुरा, साउन २५ : श्वासप्रश्वासमा समस्या भएकी डडेल्धुराकी एक युवतीको अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको छ। उनको मृत्यु भएपछि कोरोना परीक्षण गर्....

डडेल्धुरा, साउन २५ : श्वासप्रश्वासमा समस्या भएकी डडेल्धुराकी एक युवतीको अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको छ। उनको मृत्यु भएपछि कोरोना परीक्षण गर्न लागिएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया युवतीको मृत्यु भएको हो। उनी उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी थिइन्। त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो।
डडेल्धुरा अस्पतालमा आईसीयू कक्ष नहुँदा रिफर गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र बिष्टले बताए। उनलाई डडेल्धुराबाट धनगढी लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ। कोरोना परीक्षणपछि मात्रै अन्त्यष्टि गरिने भएको छ।











