Kathmandu Press

जिपको ठक्करले मोटरसाइकल चालक युवकको मृत्यु

भक्तपुर, साउ २५ : भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति बा १....

जिपको ठक्करले मोटरसाइकल चालक युवकको मृत्यु
फाइल फाेटाे

भक्तपुर, साउ २५ : भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको मृत्यु भएको हो।

उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।

जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।

प्रकाशित मिति: १०:०७ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्