गोङ्गबुमा सुटकेसभित्र टाउकोबिनाको शव फेला
काठमाडौं, साउन २५ : काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा सुटकेशभित्र टाउकोबिनाको शव भेटिएको छ।
गणेशस्थानबाट एक सय मिटरभित्र बाटोमा टाउकोबिनाको....

काठमाडौं, साउन २५ : काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा सुटकेशभित्र टाउकोबिनाको शव भेटिएको छ।
गणेशस्थानबाट एक सय मिटरभित्र बाटोमा टाउकोबिनाको शव सुटकेसभित्र भेटिएको पानीले भिजेको सुटकेसबाट रगत बगेको देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले सुटकेस खोल्दा शव भेटिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए। अहिले फरेन्सिक टोली बोलाएर अनुसन्धान सुरु गरिएको डीएसपी केसीले बताए।
शवको पहिचान हुन सकेको छैन। सुटकेसभित्र शव भेटिएको ठाउँबाट तीन सय मिटरजति टाढा टाउको पनि भेटिएको डीएसपी केसीले बताए। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।
प्रकाशित मिति: ०९:५७ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











