प्रदेश नं ५ की सांसद केसीलाई कोरोना ‘पोजेटिभ’
काठमाडौं, साउन २५ : प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाँकेकी सांसद केसीले शनिबार राति साम....

काठमाडौं, साउन २५ : प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाँकेकी सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘बिश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट म पनि अछुतो रहेन, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु।’
प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











