Kathmandu Press

हुम्लामा फेरि हिमपात, तापक्रम शून्यभन्दा तल

हुम्ला, चैत १२ : हिउँद सकिए पनि हुम्लामा फेरि हिमपात भएको छ । हिमपातका कारण एसइई परीक्षार्थी समस्यामा परेका छन्।

यो वर्ष हुम्लालगायतका कर्णा....

हुम्लामा फेरि हिमपात, तापक्रम शून्यभन्दा तल

हुम्ला, चैत १२ : हिउँद सकिए पनि हुम्लामा फेरि हिमपात भएको छ । हिमपातका कारण एसइई परीक्षार्थी समस्यामा परेका छन्।

यो वर्ष हुम्लालगायतका कर्णालीका हिमाली जिल्लामा अत्यधिक हिमपात भएको छ । पुसदेखि हिउँ पर्दै आएको छ । चैत दोस्रो साता पनि हिमपात भएपछि एसइई परीक्षा प्रभावित भएको छ।

Hardik ivf

हुम्लामा सोमबार दिनभरि पानी परेको थियो । आज बिहानैदेखि हिमपात भएपछि टाढाबाट परीक्षा दिन आउने विद्यार्थीलाई सकसल भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । आइतबारदेखि यस वर्षको एसइई प्रारम्भ भएको हो।

बिहानैदेखि परेको हिउँले तापक्रम पनि घटेको छ । आज हुम्लाको तापक्रम माइनसमा झरेको छ । आज बिहानको तापक्रम माइनस ५ डिग्रि सेन्टिग्रेटमा झरेको छ । जसले गर्दा चिसो बढेको छ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्