Kathmandu Press

भारतमा एकैदिनमा ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण 

काठमाडौं, साउन २५ : भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्द....

भारतमा एकैदिनमा ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण 

काठमाडौं, साउन २५ : भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । 

संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ हजार ४५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, साउन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्