Kathmandu Press

अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, साउन २५ : मनसुनी वायु सक्रिय भएसँगै शनिवार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार म....

अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, साउन २५ : मनसुनी वायु सक्रिय भएसँगै शनिवार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशहरुका केही स्थानहरुमा रातिदेखि नै वर्षा भईरहेको छ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर पूर्ण  बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिदेखिको वर्षाको क्रम कम्तिमा भोलिसम्म कायमै रहने भएकाले  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आह्वान गरेको छ । 
 

प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, साउन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्