काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यक....

काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै ५६ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै, ललितपुर र भक्तपुरमा ३–३ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ३१३ जना निको भएर डिस्चार्ज भएका छन्।
प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै ४९९ जना निको भएर डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: १६:२६ बजे, शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











