Kathmandu Press

बाबुरामको वरियताबारे जसपामा अझै विवाद

काठमाडौं, साउन २४ :  जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईलाई पार्टीभित्र दोस्रो वरियातामा राख्ने विषयमा फेरि विवाद भ....

बाबुरामको वरियताबारे जसपामा अझै विवाद

काठमाडौं, साउन २४ :  जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईलाई पार्टीभित्र दोस्रो वरियातामा राख्ने विषयमा फेरि विवाद भएको छ।

गत बुधबारदेखि नेताहरुको कार्यविभाजनका लागि बसेको बैठकले भट्टराईको वरियता टुंगो लगाउन सकेको छैन।  गत जेठ २५ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा नेता भट्टराईले उदारता प्रस्तुत गरेकाले उनलाई अध्यक्षपछिको वरियतामा राख्ने जसपाका नेताहरुबीच भद्र सहमति भएको थियो।

गत वैशाख १० गते पार्टी एकता गर्दा भट्टराईको वरियता चौथो स्थानमा राखिएको थियो।  भट्टराईलाई अध्यक्षपछिको वरियतामा राख्न अरु नेताहरु सहमत हुन सकेका छैनन्। कार्यकारी अध्यक्षमा समाजवादीबाट उपेन्द्र यादव हुने र संघीय परिषद् अध्यक्ष भट्टराईलाई उनीमाथि राख्दा अन्य नेताहरुको अवमूल्यन हुने केही नेताको बुझाइले वरियताको विषय अनिर्णीत बनेको हो।

'सबैलाई व्यवस्थापन गर्नु पर्ने चुनौती छ। एउटाको वरियता मिलाउँदा अरुले होचो भएको महसुस गर्ने परिस्थिति पनि हुन भएन केही समय लाग्न सक्छ। तर, भट्टराईजीको वरियतामा हामी सहमतिमा पुग्छौँ,' नेता लक्ष्मणलाल कर्णले भने।

जसपामा अहिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई मात्रै राखिएको छ। अरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदाधिकारीको चयन हुन बाँकी छ। 

यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्यहरुले उपाध्यक्षमा दाबी गरेका छन्। उपाध्यक्ष पाउनुपर्ने अडानमा अनिल झा, शरतसिंह भण्डारी र राजकिशोर यादव छन्। 

एकता पछिको पहिलो बैठकमा समसामायिक राजनीतिक प्रस्ताव, पार्टीको आर्थिक व्यवस्थापन, समायोजन र आन्तरिक आचारसंहितासम्बन्धी प्रस्तावका विषयमा छलफल भइरहेको नेता कर्णले जानकारी दिए।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्