Kathmandu Press

कञ्चनपुरको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने

कञ्चनपुर, साउन २४ :  कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ।

महाकाली नगरपालिकाले न....

कञ्चनपुरको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने
फाइल

कञ्चनपुर, साउन २४ :  कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ।

महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ। महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टिन भवन बनाउने निर्णय गरेको हो।

Hardik ivf

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टिन भवन बनाउन लागिएको बताए। “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टिन भवन बनाउने निर्णय गरिएको छ। त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ,” उनले भने।

उनका अनुसार क्वारेन्टिन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ। भवन निर्माणका लागि  एक करोड रूपैयाँ बढी बजेट लाग्ने अनुमान गरिएको छ। 

शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्पमा छुट्टै क्वारेन्टिन भवन बनाउन लागिएको हो। यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टिन राखिएको थियो। तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टिन मात्रै सञ्चालनमा छ। 

महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टिन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशंका गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए। महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्षमात्रै सञ्चालन गर्न लागेको हो। रासस

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, साउन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्