Kathmandu Press

विप्लव समूहका नेता प्रेम लामा पक्राउ

काठमाडौं, साउन २४ : नेत्रविक्रम चन्द विप्लव  समूहका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन्। 

रोश....

विप्लव समूहका नेता प्रेम लामा पक्राउ
फाइल

काठमाडौं, साउन २४ : नेत्रविक्रम चन्द विप्लव  समूहका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन्। 

रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए। 
 
यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए। त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौँ लगेका थिए।

सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए। रासस

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्