Kathmandu Press

उपत्यकामा आउँदो दुई साता कोरोना संक्रमित अझै बढ्ने, भरिन थाले कोभिड अस्पताल

काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा आउँदो दुई साता कोरोना संक्रमण पिकमा जाने विज्ञहरुले बताएका छन्। 

लक्षणसहितको संक्रमित बढ्न थालेक....

उपत्यकामा आउँदो दुई साता कोरोना संक्रमित अझै बढ्ने, भरिन थाले कोभिड अस्पताल
फाइल

काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा आउँदो दुई साता कोरोना संक्रमण पिकमा जाने विज्ञहरुले बताएका छन्। 

लक्षणसहितको संक्रमित बढ्न थालेकाले आगामी दुई साता संक्रमितको संख्यामा वृद्धि हुने संक्रामक रोग विशेषज्ञहरुको भनाइ छ। इपिडिमयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. बासुदेव पाण्डे संक्रमितमा लक्षण देखिएका बेला भाइरस बढी सर्ने भएकाले आगामी दुई साता कोरोना संक्रमितको संख्यामा वृद्धि हुने बताउँछन्।

'अहिले काठमाडौं उपत्यकामा देखिएका संक्रमितहरुको अध्ययन गर्दा  संक्रमितमध्ये २० प्रतिशतमा कोरोनाको लक्षण देखिएको छ। उनीहरुमा लक्षण देखिनु अगावै कोरोनाको संक्रण भएकाले कतिलाई सारेका हुनसक्छन्,' निर्देशक पाण्डेले भने।

बिहीबार काठमाडौं उपत्यकामा भेटिएका ८७ जना कोरोना संक्रमितमध्ये ३७ जनामा लक्षण देखिएको भेटिएको थियो।  

यस्तै, शुक्रराज अस्पताल टेकुमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा.  अनुप बास्तोला दुई सातापछि भयावह परिस्थति उत्पन्ने हुने बताउँछन्। मानिसहरुको हेलचेक्र्याइँ नरोकिए परिस्थित भयावह हुने उनको भनाइ छ।

'उपत्यकामा लक्षणसहितका बिरामी देखिन थालेका छन्। १५ दिनमै के होला भन्न सकिने अवस्था छैन तर मानिसहरुको लापरबाही सच्चिएन भने परिस्थिति भयावह हुनेछ,' बास्तोलाले भने। 

शुक्रबार देशभर ४ सय ६४ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो। नेपालमा  अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। तीमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएको र संक्रमणबाट अहिलेसम्म ७० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

संक्रमितको संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न नागरिकलाई निर्देशन दिएको छ। चाडपर्व मनाउँदा समेत मादण्ड पालना गर्न सरकारको अपिल छ। कोरोना संक्रमितको संख्या यही क्रममा बढ्दै गए अस्पतालले धान्न नसक्ने चेतावनी सरकारले दिइसकेको छ। 

संक्रमितले भरिन थाले कोभिड अस्पताल

संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशभर तोकेका ३४ कोभिड अस्पताल भरिन थालेका छन्।

सबैभन्दा बढी प्रदेश २ मा १२ सय ९ जना अस्पातलमा भर्ना भएका छन्।  यता कामठमाडौं उपत्यकाका ६ कोभिड अस्पतालमा तीन सय ८२ मा संक्रमित छन्।

प्रदेश १ मा दुई सय ८१, उपत्यकाबाहेक बागमती प्रदेशमा एक सय ३४, गण्डकीमा एक सय २१, प्रदेश ५ मा एक सय ५५, कर्णालीमा ११ र सुदूरपश्चिममा एक सय १३ संक्रमित अस्पतालमा भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: ११:३१ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्