मोदीले अयोध्यामा पूजा गरेपछि ठोरीको अयोध्याबारे ओलीको चासो, रामनवमीमा पूजा गर्ने तयारी
काठमाडौं, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको अयोध्यामा निर्माण भइरहेको संरचनाबारे चासो व्यक्त गरेका छन्।
भारती....

काठमाडौं, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको अयोध्यामा निर्माण भइरहेको संरचनाबारे चासो व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा पूरजा अर्चना गरेपछि नेपालको ठोरीस्थित अयोध्याबारे प्रधानमन्त्री वडाध्यक्ष शिवहरि सुवेदीसँग अयोध्यापूरीको अध्ययन अघि बढाउन र रामनवमीमा पूजा अर्चनाका लागि संरचना निर्माण गर्न अनुरोध गरेका छन्।
शुक्रबार प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका सुवेदीले भने प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने , 'त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ। भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ। तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो।'
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए। उनले भने, 'प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ।'
हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम सुरू गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए। हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पर्थ्यो।
प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुनसक्ने अभिव्यक्ति दिएका थिए।माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ। रासस











