Kathmandu Press

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

बुटवल, साउन २४ : रुपन्देहीको रोहिणी गाउँपालिका– ४ मा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।

....
रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु
सांकेतिक

बुटवल, साउन २४ : रुपन्देहीको रोहिणी गाउँपालिका– ४ मा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार गएराति अनियन्त्रित भई पल्टिँदा रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १०:२७ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्