Kathmandu Press

आजबाट पुनः वर्षाको सम्भावना 

काठमाडौं, साउन २४ : विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय कायम रहेको रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको....

आजबाट पुनः वर्षाको सम्भावना 

काठमाडौं, साउन २४ : विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय कायम रहेको रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ । महाशाखा अनुसार अहिले घाम लागेको ठाउँको मौसम पनि दिउँसोपछि बादल लाग्नेछ । यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने महाशाखाको भनाइ छ ।

विशेष गरी प्रदेश १, २ र बाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ । यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै नेपालमा देखिन थालेको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि ठूलो वर्षा हुनेछ ।

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, साउन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्