Kathmandu Press

भारतमा कोरोनाबाट ४२ हजार ५ सयको निधन

काठमाडौं, साउन २४ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण ४२ हजार ५ सय ७८ जनाको निधन भएको छ। 

आज विहानसम्मको तथ्यांक अनुसार कोरोना सं....

भारतमा कोरोनाबाट ४२ हजार ५ सयको निधन

काठमाडौं, साउन २४ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण ४२ हजार ५ सय ७८ जनाको निधन भएको छ। 

आज विहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या भारतमा २० लाख ८६ हजार ८ सय ६४ पुगेको छ । विश्वमा सबैभन्दा बढि कोरोना भाइरसको संक्रमण हुने तेस्रो मुलुकमा भारत आएको छ । 

विश्वमा सबैभन्दा बढि कोरोना भाइरसको संक्रमण अमेरिकामा छ । अमेरिकामा आजसम्म ५० लाख ९५ हजारमा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै दोस्रो नम्वरमा ब्राजिल आएको छ । ब्राजिलमा २९ लाख ६७ हजारमा कोरोना संक्रमण देखिएको छ । 
 

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्