Kathmandu Press

केरला विमान दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं, साउन २४ : भारतको केरला राज्यमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु भएको छ ।

दुबईबाट आएको हवाईजहाज शुक्रबा....

केरला विमान दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं, साउन २४ : भारतको केरला राज्यमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु भएको छ ।

दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो । विमान अवतरणको क्रममा रनवेमा चिप्लिएर ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएपछि तेस्रो प्रयासमा अवतरण गर्दा दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो नलागेपछि विमान दुई टुक्रा भएको थियो।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् ।

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, साउन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्