भारतको केरलामा १९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेस विमान दुर्घटना
काठमाडौं, साउन २३ : एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ विमान अवतरण गर्नेक्रममा शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ।
विमानमा च....

काठमाडौं, साउन २३ : एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ विमान अवतरण गर्नेक्रममा शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ।
विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको उक्त विमान दुवईबाट आएको थियो ।
बीबीसीका नुसार नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ।
भारतीय मिडियाहरुले ४० जनाको हाराहारी यात्रु घाइते भएको उल्लेख गरेका छन्। भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।











