Kathmandu Press

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई १५ हजार भत्ता, आइसोलेसन बनाउन प्रदेशलाई ३८ करोड  

काठमाडौं, साउन २३ :  सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि प्रतिदिन प्रतिव्यक्ति १५ हजारसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउ....

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई १५ हजार भत्ता, आइसोलेसन बनाउन प्रदेशलाई ३८ करोड  
फाइल

काठमाडौं, साउन २३ :  सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि प्रतिदिन प्रतिव्यक्ति १५ हजारसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले खर्चको मापदण्ड तयार गरी प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको छ। गौतमका अनुसार होम आइसोलेसनमा बसेका संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रतिदिन प्रतिव्यक्ति २ सय भत्ता पाउनेछन्।

यस्तै, आइसोलेसन केन्द्रमा बसेका संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रतिदिन प्रतिव्यक्ति २ हजार, मध्यम केसको उपचारमा खटिनेले तीन हजार, मध्यम जटिल केसको उपचारमा खटिनेले सात हजार प्रोहोत्साहन भत्ता पाउनेछन्। 

यस्तै, आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रतिदिन १५ हजारका दरले प्रोत्साहन भत्ता पाउने गौतमले बताए।  निजी क्षेत्रका ल्याबलाई कोरोना परीक्षण गरेबापत एउटा नमूनाको पाँच हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। 

अस्पतालबाहेक आइसोलेसनमा केन्द्रमा बेड थप गर्न प्रदेशहरुलाई रकम समेत दिइएको छ। प्रवक्ता गौतमका अनुसार आइसोलेसन केन्द्रमा सात हजार वेड व्यवस्था गर्न सात वटै प्रदेशलाई दुई महिनअघि ३८ करोड रुपैयाँ दिइएको हो। जसमध्ये सबैभन्दा धेरै प्रदेश २ र ५ ले समान सात–सात करोड पाएका छन्। 

सुदूरपश्चिम र कर्णाली प्रदेशले समान ६–६ करोड पाउँदा गण्डकी, बाग्मती र प्रदेश १ ले समान चार–चार करोड रुपैयाँ पाएको प्रवक्ता गाैतमले जानकारी दिए।
 

प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्