काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, साउन २३ : काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्....

काठमाडौं, साउन २३ : काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै ९२ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै, ललितपुरका १० र भक्तपुरमा चार जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। तीमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै ४२५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।











