उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बन्द गरे अत्यावश्यक बाहेकका सेवा
काठमाडौं, साउन २३ : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यका बाहेकका सेवा बन्द गरेका छन्।
शुक्रबार बसेको काठमाडौ....

काठमाडौं, साउन २३ : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यका बाहेकका सेवा बन्द गरेका छन्।
शुक्रबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले अत्यावश्यकबाहेका सेवा दुई सातका लागि बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार अब तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरणको काम पनि बन्द हुनेछ।
यस्तै, बैठकले उपत्यकाका क्वारेन्टिनलाई आइसोलेसनमा स्तरोन्नति गर्ने र प्रोटोकलअनुसार मापदण्ड पालना भए–नभएको पनि अनुगमन गर्ने निर्णय पनि गरेको छ।
उनका अनुसार बैठकले उपत्यकाभित्र कुनै किसिमका सभा, गोष्ठी, सेमिनार गर्न रोक लगाउने निर्णय पनि गरेको छ।











