काठमाडौंमा संक्रमण देखिएका क्षेत्र सिल गर्ने निर्णय
काठमाडौं, साउन २३ : काठमाडौंको महाबौद्ध क्षेत्र सिल गरिने भएको छ।
शुक्रबार बसेको बैठकले महाबौद्ध क्षेत्र शुक्रबार रात....

काठमाडौं, साउन २३ : काठमाडौंको महाबौद्ध क्षेत्र सिल गरिने भएको छ।
शुक्रबार बसेको बैठकले महाबौद्ध क्षेत्र शुक्रबार रातिदेखि लागू हुने गरी सिल गर्ने निर्णय गरेको हो। महाबौद्ध क्षेत्रमा कोरोना भाइरसका संक्रमित भेटिएपछि उक्त क्षेत्र सिल गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
शुक्रबारमात्रै महाबौद्धमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा सिल गर्ने निर्णय पनि गरेको उनले बताए।
'स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोरोनाको संक्रमण देखिएका ठाउँमा सिल गर्ने निर्णय गरेका छाैँ। अब जहाँ संक्रमण देखिन्छ त्यहाँ सिल गर्छाैं,’ उनले भने।
-यसअघिको प्रकाशित समाचारमा अन्यथा हुन गएकोमा सच्याइएको छ।*











