वीर अस्पतालका थप एक चिकित्सकलाई कोरोना, ३५ जनालाई क्वारेन्टाइमा राखियो
काठमाडौं, साउन २३ : काठमाडौंको वीर अस्पतालमा कार्यरत थप एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्ष....

काठमाडौं, साउन २३ : काठमाडौंको वीर अस्पतालमा कार्यरत थप एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। दुई तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरिरहेका ती चिकित्सकको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि हो।
डा. सेन्चुरीका अनुसार यसअघि बिहीबार पनि एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो।
अस्पतालमा कार्यरत दुई जना चिकित्सकमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको डा. सेन्चुरीले बताए।
प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











