Kathmandu Press

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन २३ : पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीबार ....

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन २३ : पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका अनुसार पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। स्टार अस्पतालबाट रिफर गरेर पाटन अस्पताल भर्ना गरिएको थियो।

उनलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको पाटन अस्पतालका अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए। डा.शर्माका अनुसार उनी केही दिन अघि उपचारका लागि वीरगञ्जबाट काठमाडौं आएका थिए।

उनी वीरगञ्जबाट आएर स्टार अस्पताल भर्ना भएका थिए। त्यहाँ कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो।

 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्