नारायणकाजीमाथि खनिए विष्णु रिमाल, भने-पार्टी प्रवक्ता पदकाे लाज जोगाउनुस्
काठमाडौं, साउन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लाज जोगाउन आग्रह गर....

काठमाडौं, साउन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लाज जोगाउन आग्रह गरेका छन्।
शुक्रबार ट्वीट गर्दै रिमालले श्रेष्ठलाई नेकपा प्रवक्ताको लाज जोगाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न श्रेष्ठलाई चेतावनी समेत दिएका छन्।
‘पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्,’ रिमालले श्रेष्ठलाई मेन्सन गर्दै भनेका छन्, ‘मुलुक संवेदनशील मोडमा छ महसुस होस्।’
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!











