कोशी अस्पतालमा एकको मृत्यु, कोरोनाको आशंका स्वाब परीक्षण गरिँदै
विराटनगर, साउन २३ : कोरोना भाइरसको संक्रमण भएको आशंकामा विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएका एक युवकको मृत्यु भएको छ।
विराटनगर महानगरपालि....

विराटनगर, साउन २३ : कोरोना भाइरसको संक्रमण भएको आशंकामा विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएका एक युवकको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-९ का ५८ वर्षीय पुरुषको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनको बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए।
डा.दासका अनुसार उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। उनलाई कोरोनाकै आशंकामा कोशी अस्पताल भर्ना गरिएको थियो। उनलाई एक सातादेखि ज्वरो र खोकी लागेको थियो। निमोनिया भएको भन्दै परिवारजनले स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर, स्वास्थ्य अवस्था जटिल बनेपछि कोशी अस्पताल ल्याएका थिए।
कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। उनको शव कोशी अस्पतालकै आइसोलेसनमा राखिएको छ। कोरोना परीक्षण रिपोट आएपछि मात्रै अन्त्यष्टि गरिने जनाएको छ।











