Kathmandu Press

सेना र थुनुवासहित पर्सामा १४२ जनालाई कोरोना संक्रमण

वीरगञ्ज, साउन २३ : पर्सामा ४३ थुनुवासहित एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्....

सेना र थुनुवासहित पर्सामा १४२ जनालाई कोरोना संक्रमण

वीरगञ्ज, साउन २३ : पर्सामा ४३ थुनुवासहित एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएका ४३ जना थुनुवा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति हुन्।

बिहीबार राति थपिएका संक्रमितमध्ये २२ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए। त्यस्तै, संक्रमितमध्ये रौतहटका चार र बाराका तीन जना रहेका छन्।

यस्तै, नेपाली सेनाको ब्यारेकमा थप पाँच जनामा कोरोना देखिएको छ। यस अघि संक्रमण देखिएका सैनिक जवानको सम्पर्कमा आएका थप पाँच जनामा कोरोना देखिएको उनले बताए।

यस अघि संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गरिएको थियो। जसमा २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित हुन्।

यसैगरि २८ जना वीरगञ्ज महानगरपालिका २८ को सिर्सिया खल्वा टोलका वासिन्दा छन्। उनीहरुलाई मास टेस्टिङमा पोजिटिभ देखिएका हुन्। महानगरले साउन १८ गते वडा नं. २८ मा मास टेस्टिङ गरेको थियो।

 

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्