Kathmandu Press

लगातार चार दिन घटेको बजार आज बढ्यो, भोलि के होला ?

काठमाडौं, चैत ११ : जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चैत ७ गते आईपीओ निष्काशन गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयरमा आवेदन दिने....

लगातार चार दिन घटेको बजार आज बढ्यो, भोलि के होला ?
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, चैत ११ : जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चैत ७ गते आईपीओ निष्काशन गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयरमा आवेदन दिने समय आज (चैत ११) सकिएको छ । 

लगानीकर्ताले पहिलो चरणमा दश प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा प्रति कित्ता १० रुपैयाँमा त्रिशूली थ्री ‘बी’ को सेयरमा आवेदन दिएका थिए । बाँकी ९० प्रतिशत रकम आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा माग गर्नेछ ।

धितोपत्र बोर्डले चैत १० गते रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको थियो । 

Hardik ivf

रसुवागढी हाइड्रोपावरले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब दुई करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ भने साञ्जेन जलविद्युत कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ । 

आजको प्रमुख गतिविधि 
लगातार ४ दिनसम्म निरन्तर घटेको सेयर बजारमा आज पाँचौ कारोबार दिन भने वृद्धि भएको छ । आज साताको दोश्रोे कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ८७ ले बढेर ११३८ दशमलव ६७ को विन्दुमा पुगेको छ । आज दोश्रो बजार परिसूचक ० दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो । 

आज बजार ११३४ दशमलव ८० को विन्दुमा खुलेको थियो भने ११३९ दशमलव ७८ को उच्च विन्दुसम्म पुगेको थियो ।  आज बजारको न्यून विन्दु ११३१ दशमलव ८२ थियो । आज दिनभर २४ करोड २७ लाख बराबरको सेयर किनबेच भएको छ । कारोवार रकम आइतबारको तुलनामा केही वृद्धि भएको छ । हिजो कारोवार रकम २१ करोड १९ लाख थियो ।  

आज सर्वाधिक कारोवार हुने
आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको प्रमोटर सेयर किनबेच भएको छ ।  मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।   

आज सर्वाधिक कमाउने र गुमाउने
आज ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव  ८६ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक १० प्रतिशत गुमाए ।

आज नेप्सेमा आएको घोषणाहरु 
मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजित मूल्य ५५१ दशमलव ५८ रहेको छ । 
कम्पनीले यही चैत २३ गते आफ्नो वार्षिक साधारण सभा गर्दै छ, जसमा कम्पनीले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश प्रस्ताव लैजादै छ । चैत १० गतेसम्म कायम सेयर धनीले सो सभामा भाग लिन पाउने र सो लाभांश पाउने छन् । 

नेप्से इतिहास

कारोबारको इतिहास

प्राविधिक बिश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम ११ चैत, २०७५मा बजार १ हजार १ सय ३८ दशमलब ६७ मा बन्दभएको छ । 

अन्तिम दिनको मैनबत्तीले चार कारोबार दिनदेखि घटिरहेको बजारमा त्यस दिन बिक्रेताको चाप कम रहेको संकेत गरेको छ तर बजार बढिहाल्ने संकेत भने अर्को दिनको कारोबारलाई पनि हेर्नु पर्ने हुन्छ। 

चित्र नं २: ५ मिनेट मैनबत्ती  प्रवृत्ति

त्यस दिनमा कारोबारको उतारचढाव कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्ती प्रयोग गरिएको छ । यस प्रवृत्तिको आधारमा कारोबारको मध्य समयमा बजार बढेर १ हजार १ सय ३९ सम्मपुगे पनि फेरि सच्चिए र पुन: बजारमा केही बृद्वि भएको देखिन्छ। 

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६५अंकमा रहेको छ । यसले बजार सकारात्मक क्षेत्रमा भएको संकेत गरेको छ ।

स्टोकास्टिक अक्सिलेटरले त्यस दिनको अन्तिम समयमा सेयर बढी खरिद भएको र बजारमा पुन: बिक्रीकर्ताहरुको प्रारम्भिक चाप हुन सक्ने संकेत गरेको छ ।

भल्यूम अक्सिलेटरले पनि खरिदकर्ताहरुको चाप अन्तिम समयमा केही  कमजोर रहेको संकेत गरेको छ ।

निष्कर्ष : 

माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजार बढेमा तत्कालीन प्रतिरोध १ हजार १ सय ४०मा देखिन्छ र योभन्दा माथि बजार स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने देखिए पनि अर्को सामान्य प्रतिरोध क्षेत्र १ हजार १ सय ५० मा रहेको देखिन्छ ।

त्यस्तैगरी, बजारको तत्कालीन टेवा १ हजार १ सय २५ देखि १ हजार १ सय ३० मारहेको देखिन्छ र यो भन्दा तल रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन मुख्य टेवा ११ सयको मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ।

सन्तोष सिंह लिङ्देन र सन्तोष राज बजगाईं सेयर बजार विश्लेषक हुन् । आजदेखि काठमाडौं प्रेसले हरेक साँझ (कारोबार भएको दिन मात्रै) दैनिक र हरेक सप्ताहन्त साप्ताहिक सेयर बजार समीक्षा प्रकाशित गर्नेछ । –सम्पादक 

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, चैत ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्