Kathmandu Press

कोरोना संक्रमणबाट सिरहाका २१ वर्षीय युवकको मृत्यु

सिरहा, साउन २३ : कोरोना भाइरसको संक्रममणबाट सिरहाका एक युवकको गएराति मृत्यु भएको छ।

सिरहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय अशोक महत....

कोरोना संक्रमणबाट सिरहाका २१ वर्षीय युवकको मृत्यु

सिरहा, साउन २३ : कोरोना भाइरसको संक्रममणबाट सिरहाका एक युवकको गएराति मृत्यु भएको छ।

सिरहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय अशोक महतोको गएराति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहका प्रमुख कृष्णदेव यादवले बताए।

उनी मिर्गौला रोगबाट पीडित थिए। दुवै मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलासिस गर्दै आएका थिए।

प्रतिष्ठानमा डायलासिस गराइरहेका उनलाई बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। जनकपुरमा उपचारका स्वाब संकलन गरिएको थियो।

कोरोना देखिएपछि उनलाई जनकपुरबाट बिहीबार धरान लगिएको थियो। आईसीयूमा राखेर उपचार चलिरहेको थियो। राति एकाएक श्वासप्रश्वासमा समस्या र मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म् ६५ जनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार सात सय ५० पुगेको छ। अहिलेसम्म १५ हजार तीन सय ७९ जना निको भएका छन्।

प्रकाशित मिति: १०:२४ बजे, शुक्रबार, साउन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्