Kathmandu Press

बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

बैतडी, साउन २३ : पहिरोमा पुरिएर गएराति बैतडीमा आमाछोराको मृत्यु भएको छ।

बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीका पहिरोले घर पुरिँदा स्थान....

बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

बैतडी, साउन २३ : पहिरोमा पुरिएर गएराति बैतडीमा आमाछोराको मृत्यु भएको छ।

बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीका पहिरोले घर पुरिँदा स्थानीय ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको घटनास्थलमै मृत्यु भएको हो। पशिुपतीकी छोरीहरु १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भागेर ज्यान जोगाएका छन्।

पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले बताए।  घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ।

अन्य घर पनि पहिरोको जोखिममा रहेका छन्। माथि र तलबाट पहिरो खस्न लागेको स्थानीय वासिन्दाले बताए।

 

प्रकाशित मिति: ०९:५३ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्