Kathmandu Press

निषेधाज्ञा उल्लंघन गर्ने २५ जना क्‍वारेन्टाइनमा

काठमाडौं, साउन २३ : बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई बिहीबार क्‍वारेन्टाइनमा पठाएको छ।

कोरोना संक्रमण फैलिन नदिन जारी ....

निषेधाज्ञा उल्लंघन गर्ने २५ जना क्‍वारेन्टाइनमा

काठमाडौं, साउन २३ : बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई बिहीबार क्‍वारेन्टाइनमा पठाएको छ।

कोरोना संक्रमण फैलिन नदिन जारी भएको निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई क्‍वारेन्टाइनमा लगेर राखेको हो। कोरोनाको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई क्‍वारेन्टाइनमा लगेर राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

उनले निषेधाज्ञा उलंघन गरि पसल खोल्ने व्यापारी, रिक्सा चालक लगायतलाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा पठाइएको बताए  । गत शनिबार राति १२ बजेदेखि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि पहिलो पटक तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा पुनः चार दिन थप गरिएको छ।  

प्रकाशित मिति: ०६:५४ बजे, शुक्रबार, साउन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्