भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए
काठमाडौं, साउन २३ : भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार यो समाचार तयार पार्दासम्म भा....

काठमाडौं, साउन २३ : भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४१ बजे, शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











