खोटाङमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
खोटाङ, चैत ११: खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
साकेला गाउँपालिका-५ कामिसराम....

खोटाङ, चैत ११: खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा सोमबार दिउँसो माथिबाट ढिस्को खस्दा पुरिएर साकेला गाउँपालिका-४ की ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो।
खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको इलाका प्रहरी कार्यालय मात्तिमविर्ताले जनाएको छ।
प्रकाशित मिति: १९:१५ बजे, सोमबार, चैत ११, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार