Kathmandu Press

यी हुन् सबैभन्दा धेरै संक्रमित र शून्य संक्रमित भएका जिल्ला 

काठमाडौं, साउन २२ :  पाँच जिल्लामा कोरोना संक्रमितको संख्या पाँच भन्दा बढी पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका पाँच जिल्लामा....

यी हुन् सबैभन्दा धेरै संक्रमित र शून्य संक्रमित भएका जिल्ला 

काठमाडौं, साउन २२ :  पाँच जिल्लामा कोरोना संक्रमितको संख्या पाँच भन्दा बढी पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका पाँच जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढी पुगेका छन्। मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पर्सा, रौतहट, महोत्तरी, काठमाडौं र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित छन्।  

यस्तै, ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिममा संक्रमितको संख्या शून्य रहेको गौतमले बताए। बिहीबारसम्म नेपालमा २१ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १५ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने ६५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्