Kathmandu Press

स्वास्थ्य मन्त्रालयले भन्यो- संक्रमण बढे अस्पतालले चाप धान्न सक्दैनन्, सजग हुनुस्

काठमाडाैं, साउन २२ : सरकारले जनस्वास्थ्यका मापदण्ड अनिवार्य कार्यान्वयन गर्न नागरिकलाई अपील गरेको छ। 

संक्रमणको चाप बढ्दै गए हालका अस्प....

स्वास्थ्य मन्त्रालयले भन्यो- संक्रमण बढे अस्पतालले चाप धान्न सक्दैनन्, सजग हुनुस्
फाइल

काठमाडाैं, साउन २२ : सरकारले जनस्वास्थ्यका मापदण्ड अनिवार्य कार्यान्वयन गर्न नागरिकलाई अपील गरेको छ। 

संक्रमणको चाप बढ्दै गए हालका अस्पातलले धान्न नसक्ने भन्दै अकालमा ज्यान गुमाउनुपर्ने परिस्थितिबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा कार्यान्वय गर्न अपील गरेको हो।

'घनावस्ती भएका क्षेत्रमा  कोरोना संक्रमणमा वृद्धि भएकाले अस्पताल, बेड उपकरण तथा स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेकाले अकालमा ज्यान जाने परिस्थिति उत्पन्न हुनसक्छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने,' जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा कार्यान्वयन गर्दै सजग रहन हुन नागरिकलाई हामी अपील गर्दछौँ।'

सरकारले चाडपर्व मनाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ। अनावश्यक भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गरी चाडपर्व मनाउन सरकारको अपील छ।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्