Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ८६ जना नयाँ कोरोना संक्रमित 

काठमाडौं, साउन २२ : काठमाडौं उपत्यकामा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबारगरिएको परीक्षणमा काठमाडौं उपत्यका....

काठमाडौं उपत्यकामा थपिए ८६ जना नयाँ कोरोना संक्रमित 
फाइल

काठमाडौं, साउन २२ : काठमाडौं उपत्यकामा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबारगरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ७५ जना, ललितपुरका १० र भक्तपुरका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३८९  जना कोरोनालाई जितेर घर फर्किएको प्रवक्ता गौतमले बताए। 

प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर २३३  जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्