Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य चौरसियालाई कोरोना स‌ंक्रमण पुष्टि

काठमाडाैं, साउन २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगञ्जस्थित न....

कांग्रेस केन्द्रीय सदस्य चौरसियालाई कोरोना स‌ंक्रमण पुष्टि
फाइल

काठमाडाैं, साउन २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्य चाैरसियामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

कोरोना संक्रमण पुष्टि भएपछि नेता चाैरसिया वीरगञ्जमै आइसोलेसनमा बसेका छन्। 'बुधबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको शंका लागेर जचाउन गएको थिएँ।  नतिजा पोजेटिभ देखियो,' उनले काठमाडाैंप्रेससँग भने।

चौरसियाले एक साता यतादेखि आफूसँग सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्