Kathmandu Press

राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयन प्रक्रिया प्रारम्भ

काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ।

चारवटा समितिका सभापति चयनका लागि उम....

राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयन प्रक्रिया प्रारम्भ

काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ।

चारवटा समितिका सभापति चयनका लागि उम्मेदवारी दर्ताको प्रकृया सुरु भएको हो। बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी परेको छ।

आज साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकाकारी दिए। सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्