Kathmandu Press

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना पुष्टि 

काठमाडाैं,  साउन २२ : कोरोना संक्रमित सांसद प्रदीप यादवको क्लोज कन्ट्याक्टमा रहेका संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्....

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना पुष्टि 

काठमाडाैं,  साउन २२ : कोरोना संक्रमित सांसद प्रदीप यादवको क्लोज कन्ट्याक्टमा रहेका संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रवक्ता पाण्डेसहित सार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको उपसमितिका ८ जना वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुलीदेखि सुदुरपश्चिचममका जिल्ला पुगेका थिए। 

त्यस उपसमितिमा रहेका ८ जनाकै स्वाब परीक्षण गरिएकोमा पाण्डेको नतिजा पोजेटिभ देखिएको हो। 'मेरो नतिजा पोजेटिभ आएपछि म आइसोलेसनमा छु,' उनले काठमाडौंप्रेससँग भने।

कोरोना पोजेटिभ देखिएका सांसद यादव पनि वीरगञ्जमा आइसोलेनसमा बसिरहेका छन्।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्