Kathmandu Press

राष्ट्रियसभाका समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरू

काठमाडौं, साउन २२ :  राष्ट्रियसभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन प्रक्रिया थालनी भएको छ। 

चारवटा समितिका सभापति चयनका....

राष्ट्रियसभाका समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरू
फाइल

काठमाडौं, साउन २२ :  राष्ट्रियसभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन प्रक्रिया थालनी भएको छ। 

चारवटा समितिका सभापति चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको हो। बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी परेको छ।

चार बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकाले साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकाकारी दिए। सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ। 
 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्