Kathmandu Press

प्रहरी हेडक्वार्टरका थप १० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २२ :  प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रहरी अस्....

प्रहरी हेडक्वार्टरका थप १० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २२ :  प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप १० जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एवं एसएसपी कुवेर कडायतले जानकारी दिए। योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।

उनका अनुसार थपिएका नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमार्फत पत्ता लागेका हुन्। संक्रमितहरुलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना गरिएको प्रवक्ता कडायतले जानकारी दिए।
 
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्