Kathmandu Press

कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु, साउन २२ : कपिलवस्तुका विभिन्न स्थानका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगश....

कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु, साउन २२ : कपिलवस्तुका विभिन्न स्थानका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार आएको रिपोर्ट अनुसार, स्वास्थ्यकर्मी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सर्वसाधारणमा कोरोना देखिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार बैंक तथा वित्तीय संस्थामा कार्यरत १३ जनामा कोरोना देखिएको हो। उनीहरुमध्ये ग्लोबल आईएमई बैंकका तीन जना, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सका चार जना, मेगा बैंक र कृषि विकास बैंकका एकएक जना रहेका छन्। कालिका स्वाबलम्बन सामाजिक केन्द्रका तीन जनामा पनि कोरोना देखिएको छ।

त्यस्तै, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना देखिएकाहरुमा गैरसरकारी संस्थामा कार्यरत तीन जना र दुई जना शिक्षक पनि रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापका अनुसार, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ।

केही दिन अघि कपिलवस्तुका आठ सय ४० जनाको नमुना संकलन गरिएको थियो। उनीहरुमध्ये २५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्