Kathmandu Press

प्रचण्डको सुरक्षामा खटिएका ६ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ....

प्रचण्डको सुरक्षामा खटिएका ६ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डसँगै फ्रन्ट लाइनमा काम गर्ने कसैलाई पनि कोरोना नदेखिएपनि सरक्षामा खटिएका अन्य ६ जनालाई कोरोना संक्रमण देखिएको हो।

उनले प्रचण्डको बाहिरी सुरक्षार्थ खटिने नेपाल प्रहरीका ६ जनालाई कोरोना देखिएको काठमाडौं प्रेसलाई बताए । बुधबार प्रचण्डका परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो । अन्यको रिेपोर्ट भने नेगेटिभ आएको छ। 
 

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्