Kathmandu Press

बाढीले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ, साउन २२ : बाढीले बगाउँदा पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बा....

बाढीले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ, साउन २२ : बाढीले बगाउँदा पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो। खोलामा आएको बाढीले करिब २० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए।

त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै मस्र्याङ्दी  गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ। उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका ६ वटै ह्युमपाइप बाढीले बगाएको हो।

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ। मनसुन सुरु भएयता यो सडकका विभिन्न स्थानमा कयौंं पटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो।

सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ। (रासस)

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्