Kathmandu Press

कोरोना फैलिन नदिन सुनसरीमा निषेधाज्ञा

सुनसरी, साउन २२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुनसरीमा बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ।

बुधबार राति १२ बजेदेखि लागू हुने ग....

कोरोना फैलिन नदिन सुनसरीमा निषेधाज्ञा

सुनसरी, साउन २२ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुनसरीमा बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएकाले कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेलले बताए।

निषेधित क्षेत्र घोषणा भएपछि कोही पनि घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत उनको भनाइ छ।

अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्