स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
भक्तपुर, साउन २२ : स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–....

भक्तपुर, साउन २२ : स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चागुँ सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्री भक्तपुर–२ भोलाछे की ४१ वर्षीया सुन्दरी सुवाल घाइते भएकी थिइन्।
उनको आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
उनलाई बुधबार दिउसो २ः२० बजे स्कुटरले ठक्कर दिएको थियो। प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको थियो।
त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे घाइते सुवालको मृत्यु भएको प्रनाउ गिरीले बताए।
प्रहरीले स्कुटर चालक चाँगुनारायण नगरपालिका–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई नियन्त्रणमा लिएको छ।











