Kathmandu Press

सप्तरीमा एक युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि

सप्तरी, साउन २२ : दुई दिन अघि मृत्यु भएका सप्तरीका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ ज....

सप्तरीमा एक युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि

सप्तरी, साउन २२ : दुई दिन अघि मृत्यु भएका सप्तरीका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार गएराति आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो। उनको मंगलबार राति मृत्यु भएको थियो ।

सप्तरीको रूपनी गाउँपलिका ५ का ४५ वर्षीय युवक डेढ महिना अघि मलेसियाबाट आएका थिए। मललेसियाबाट फर्केपछि होम क्वारेन्टाइनमा बसेका थिए।

उनलाई मंगलबार ज्वरो आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि त्यही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल भर्ना गरिएको थियो।

गजेन्द्रनारायण अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको थियो। उनलाई राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, धरान नपुग्दै बाटोमै मृत्यु भएको थियो।

त्यसपछि उनको स्वाब संकलन गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए। गएराति आएको रिपोर्टमा कोरोना देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
 

 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्